समाज

    Showing 10,311-10,320 of 11,162 items.
  • अत्याधिक गर्मीले झापामा दुई जनाको मृत्यु

    झापा // केहि दिनदेखि बढिरहेको अत्याधिक गर्मीले गर्दा झापामा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बिर्तामोड –१० सैनिक बजारकी ३० वर्षिया कुमारी श्रेष्ठ र अर्जुनधारा -५ बस्ने ६० वर्षिया शुक्र दनुवार रहेका छन्।  केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी कुमारी  बिर्तामोड नगरपालिका -३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि  मृत फेला परेकी हुन्। अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको अनुमान छ। यसैगरी बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका दनुवारको गर्मीले  ढलेर मृत्यु भएको प्रहरी नायव

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 172 पटक पढिएको
  • घरको पर्खालले किचेर एकको मृत्यु

     झापा//झापामा घरको पर्खालले किचेर एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका-२ झापा बजार चोकका  ३५ वर्षिय रुपेश सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । हुलाकी राजमार्गमा परेका संरचना हटाउने क्रममा मिस्त्री काम गरेका रुपेशलाइ अचानक घरको वाल ढलेर किचेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। त्यँहा उपचार हुन नसकेपछि थप उपचारको लागि बिएण्डसी अस्पताल भर्ना भएका रुपेशको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी गराएको छ। 

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 179 पटक पढिएको
  • झापामा लागूऔषधसहित एकजना पक्राउ

     झापा//झापामा एकजना लागूऔषधसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा गौराह नगरपालिका -१ गौराहादाहाका  ३७ बर्षीया कृष्ण कुमार ताजपुरिया रहेका छन्।  मे ७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ताजपुरियालाइ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले चेकजाँच गर्दा ६ ग्राम ब्राउन सुगर बरामद भएको हो।  उनले लागूऔषध गौरादह -२ का ३९ बर्षीया सुमन कुमार कार्कीबाट खरिद गरेको बताएलगतै कार्कीको घरमा छापामार्दा घरकोठाभित्र बाट पनि  ३० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी गराएको  छ। सुमन कुमार कार्की भने फरार रहेको र खोजि  भईरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 163 पटक पढिएको
  • इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

    काठमाडौँ / काठमाडौँको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । नागार्जुन नगरपालिका –३ मा रहेको लिच्छविकालीन इचङ्गुनारायण मन्दिरबाट मङ्लबार राति मूर्तिहरू चोरी भएका हुन् । पूजारी श्रीमद् राजोपाध्याय बुधबार बिहान मन्दिरमा पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति मन्दिरमा थिएनन् । मन्दिरमा मूर्ति नपाइएपछि चोरी भएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् । दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्ल

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 123 पटक पढिएको
  • मृत भेटिएकी जानकीको छिमेकीले हत्या गरेको आफन्तको दावी

    विराटनगर / विराटनगरको धनपालनाथ गाउँपालिकामा मृत भेटिएकी महिलाको छिमेकीले हत्या गरको आफन्तले आरोप लगाएका छन् । हराएको हाँस खोज्न जाँदा मृत अवस्था फेला परेपछि मृतकका आफन्तले छिमेकीले हत्या गरेको आरोप लगाएका हुन् । धनपालनाथ गाउँपालिका –४ सिमराहाकी ३५ वर्षीया जानकी देवी सहनी आइतबार राति छिमेकीको घर पछाडि मृत भेटिएकी थिइन् । मृतक जानकी र छिमेकीबीच लामो समयदेखि बिभिन्न विषयमा झगडा तथा कुटपिट हुँदै आएको बताइएको छ । त्यस्तै शनिबार पनि हाँस चोरी गरेको विषयमा विवाद हुँदा सार्वजनिक रूपमै ज्यानमार्ने धम्की दिएकाले छिमेकीले नै हत्या गरेको आफन्तको भनाइ छ ।       एउटा हाँस घर नफ

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 145 पटक पढिएको
  • नौं वर्षिया बालिका बलात्कारको अभियोगमा झापाका एक युवक पक्राउ

     काँकरभिट्टा//नौं वर्षकी एक बालिकालाइ  बलात्कार गरेको अभियोगमा १९ वर्षिया  युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ धर्मचोकका दिपेन कार्की रहेका छन्।कार्कीले साउन ३ गते दिउँसो बालिकालाई बलात्कार गरेको भएपनि बालिकाले आइतबार मात्रै खेल्ने क्रममा साथीहरुलाई बताएकी थिइन्। लगतै अभिभावकले प्रहरी कार्यलयामा गएर उजुरी गरेका थिए । उजुरी पर्नासाथ कार्कीलाई पक्राउ गरिएको  इलाका प्रहरी काकार्यालय काँकरभिट्टाका डिएसपी सुनिलसिंह दाहालले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 150 पटक पढिएको
  • मामाघर गएका एक बालकको पोखरीमा डुबेर मृत्यु

    सप्तरी//सप्तरीमा मामाघर गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।राजगढ गाउँपालिका–३ नर्घोका घुरन रामका ७ वर्षीया छोरा उमेश रामको  पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । राजविराज-१ चनौराको राम टोलस्थित मामाघर गएका बालक पोखरीमा नुहाउने क्रममा डुबेका थिए।  शव पोष्टमार्टमका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी गराएका छन्।

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 120 पटक पढिएको
  • सप्तरीमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु ,दुई घाइते

    सप्तरी//सप्तरीमा मोटरसाइकल एक-आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। सप्तरीको खडक नगरपालिका–४ अमाहामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसलाई उछिन्न खोज्दा अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकलसंग ठोक्किएको थियो। दुर्घटनामा चालक सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीया बुधसागर चौधरी र सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीया रामशंकर यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।स.११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहाको लहान–२० की २३ वर्ष

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 122 पटक पढिएको
  • काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने झापाली महिला पक्राउ

    काठमाडौं // काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने झापाली महिला पक्राउ परेकी छन्। झापाको गौरादह नगरपालिका-५ की ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई बेश्यावृत्ति गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीसंगै काम गर्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ की २४ वर्षीया प्रिती आलेमगरलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी गराएका छन्।उनीहरुले काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउँदै  आएका थिए । एक महिलालाई परपुरुषसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै जबरजस्ती त्रासमा पारेर १ महिनासम्म बेश्यावृत्तिमा लगाएको उनीहरुमाथि आर

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 272 पटक पढिएको
  • वीरगंजमा रोकिराखेको ट्रकबाट २१ किलो गाँजा बरामद

    वीरगंज//वीरगंजमा रोकिराखेको ट्रकबाट सशस्त्र प्रहरीले २१ किलो गाँजा बरामद गरेको छ। मकवानपुरको मनहरीबाट वीरगंज जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध राखिएको भन्ने सुचनाको आधारमा पुगेको सशस्त्रको टोलीले गाँजा बरामद गरेको हो। वीरगंज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डमा रोकिराखेको ट्रकबाट चारवटा प्लाष्टिकको प्याकेटमा २१ किलो गाँजा रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका छन्। प्रहरीको अनुसार चालक र सह-चालक भने फरार भएका छन्। 

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 137 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.