वीरगंज//वीरगंजमा रोकिराखेको ट्रकबाट सशस्त्र प्रहरीले २१ किलो गाँजा बरामद गरेको छ। 

मकवानपुरको मनहरीबाट वीरगंज जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध राखिएको भन्ने सुचनाको आधारमा पुगेको सशस्त्रको टोलीले गाँजा बरामद गरेको हो। 

OM Sai Pathibhara Hospital

वीरगंज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डमा रोकिराखेको ट्रकबाट चारवटा प्लाष्टिकको प्याकेटमा २१ किलो गाँजा रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका छन्। 

प्रहरीको अनुसार चालक र सह-चालक भने फरार भएका छन्।