सप्तरी//सप्तरीमा मोटरसाइकल एक-आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

सप्तरीको खडक नगरपालिका–४ अमाहामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसलाई उछिन्न खोज्दा अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकलसंग ठोक्किएको थियो।

OM Sai Pathibhara Hospital

दुर्घटनामा चालक सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीया बुधसागर चौधरी र सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीया रामशंकर यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

स.११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहाको लहान–२० की २३ वर्षीया सोनम चौधरी घाइते भएका छन्।

 उनीहरुको लहानमा उपचार भइरहेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी गराएका छन्।