काठमाडौं // काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने झापाली महिला पक्राउ परेकी छन्।

झापाको गौरादह नगरपालिका-५ की ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई बेश्यावृत्ति गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

OM Sai Pathibhara Hospital

उनीसंगै काम गर्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ की २४ वर्षीया प्रिती आलेमगरलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी गराएका छन्।

उनीहरुले काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउँदै  आएका थिए । 

एक महिलालाई परपुरुषसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै जबरजस्ती त्रासमा पारेर १ महिनासम्म बेश्यावृत्तिमा लगाएको उनीहरुमाथि आरोप छ। 

कोठामा बन्धक बनाइएकि महिलाले भागेर उनीहरुबिरुद्द प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। 

 मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जानकारी गराएको छ।