झापा//झापामा घरको पर्खालले किचेर एक जनाको मृत्यु भएको छ। 

झापा गाउँपालिका-२ झापा बजार चोकका  ३५ वर्षिय रुपेश सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

हुलाकी राजमार्गमा परेका संरचना हटाउने क्रममा मिस्त्री काम गरेका रुपेशलाइ अचानक घरको वाल ढलेर किचेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो।

त्यँहा उपचार हुन नसकेपछि थप उपचारको लागि बिएण्डसी अस्पताल भर्ना भएका रुपेशको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी गराएको छ।