सप्तरी//सप्तरीमा मामाघर गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

राजगढ गाउँपालिका–३ नर्घोका घुरन रामका ७ वर्षीया छोरा उमेश रामको  पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । राजविराज-१ चनौराको राम टोलस्थित मामाघर गएका बालक पोखरीमा नुहाउने क्रममा डुबेका थिए।  

OM Sai Pathibhara Hospital

शव पोष्टमार्टमका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी गराएका छन्।