झापा // केहि दिनदेखि बढिरहेको अत्याधिक गर्मीले गर्दा झापामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड –१० सैनिक बजारकी ३० वर्षिया कुमारी श्रेष्ठ र अर्जुनधारा -५ बस्ने ६० वर्षिया शुक्र दनुवार रहेका छन्। 

OM Sai Pathibhara Hospital

केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी कुमारी  बिर्तामोड नगरपालिका -३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि  मृत फेला परेकी हुन्।

अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको अनुमान छ।

यसैगरी बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका दनुवारको गर्मीले  ढलेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक आचार्यले जानकारी गराएका छन्।