झापा//झापामा एकजना लागूऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौराह नगरपालिका -१ गौराहादाहाका  ३७ बर्षीया कृष्ण कुमार ताजपुरिया रहेका छन्। 

OM Sai Pathibhara Hospital

मे ७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ताजपुरियालाइ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले चेकजाँच गर्दा ६ ग्राम ब्राउन सुगर बरामद भएको हो। 

उनले लागूऔषध गौरादह -२ का ३९ बर्षीया सुमन कुमार कार्कीबाट खरिद गरेको बताएलगतै कार्कीको घरमा छापामार्दा घरकोठाभित्र बाट पनि  ३० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी गराएको  छ।

सुमन कुमार कार्की भने फरार रहेको र खोजि  भईरहेको प्रहरीले बताएको छ।