विराटनगर / विराटनगरको धनपालनाथ गाउँपालिकामा मृत भेटिएकी महिलाको छिमेकीले हत्या गरको आफन्तले आरोप लगाएका छन् । हराएको हाँस खोज्न जाँदा मृत अवस्था फेला परेपछि मृतकका आफन्तले छिमेकीले हत्या गरेको आरोप लगाएका हुन् । 

धनपालनाथ गाउँपालिका –४ सिमराहाकी ३५ वर्षीया जानकी देवी सहनी आइतबार राति छिमेकीको घर पछाडि मृत भेटिएकी थिइन् । मृतक जानकी र छिमेकीबीच लामो समयदेखि बिभिन्न विषयमा झगडा तथा कुटपिट हुँदै आएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै शनिबार पनि हाँस चोरी गरेको विषयमा विवाद हुँदा सार्वजनिक रूपमै ज्यानमार्ने धम्की दिएकाले छिमेकीले नै हत्या गरेको आफन्तको भनाइ छ ।       

एउटा हाँस घर नफर्किए पछि साँझ ७ बजे खोज्न निस्किएकी उनी रातको साढे १० बजे छिमेकीको घर पछाडि मृत भेटिएकी थिइन् ।

साडीले अनुहार छोपिएको तथा पानीमा लडेको अवस्थामा मृत भेटिएकी जानकीको अनुहार सहित आँखा, कान र मुखबाट रगत निस्किरहेको अवस्थामा भेटिएको मृतककी छोरी सुलेखा मुखियाले बताइन् ।

शव पोस्टमार्टम गर्नका लागि विराटनगरको कोशी अस्पतालमा पठाइएको थियो ।  

उक्त घटनामा प्रहरीले ३ जना छिमेकीलाई प्रारम्भिक सोधपुछका निम्ति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएपी दीपक श्रेष्ठले जानकारीका छन् ।

श्रेष्ठले मृतकको शवमा बाहिरी चोट नदेखिएको बताएका छन् । घटनाको विषयमा सोधपुछ र अनुसन्धान जारी रहेको बताउँदै उनले पोस्टमार्टम पछि धेरै कुरा खुल्ने जानकारी दिए ।