समाज

    Showing 10,161-10,170 of 11,162 items.
  • बाढी पहिरोमा परी इलाममा १३ को मृत्यु

    इलाम / इलाममा आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकथोक थुङ गाउँपालिका –१ की ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर –३ का ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवाल रहेका छन् । सुर्यदय नगरपालिका –३  नेलबोटेका ४९ वर्षीय नारायाणदेवी मोते, ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । देउमाई नगरपालिका –२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठले जानका

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 470 पटक पढिएको
  • प्रदेश १ मा बाढी–पहिरोमा परी २४ को मृत्यु, आठ बेपत्ता

    बिर्तामोड / आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा २४ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा इलाममा ९, धनकुटामा ६, पाँचथरमा ५, सुनसरीमा २ र उदयपुरमा १ जना रहेका छन् । मृत्यु हुने मध्ये ६ पुरुष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । प्रवक्ता राईका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जना र मोरङबाट करिब पाँच सय भन्दा बढीको उद

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 375 पटक पढिएको
  • धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

    धरान / सुनसरीको धरानमा पहिरोले घर पुरिँदा दुई जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका –१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् । आज (मंलबार) दिउसो पौने २ बजे माथिबाट झरेको पहिरोले घर पुरिँदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अवस्थामा फेला पारेको हो । 

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 258 पटक पढिएको
  • सिन्धुलीमा तीन बालिकामाथि सामूहिक बलात्कार

    सिन्धुली / सिन्धुलीमा तीन किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका –५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरूको आफन्त पर्ने एक जना गरी तीन किशोरीमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका छन् ।गत शनिबार राति ९ जना युवाहरूले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना किशाेरीको पहिलेदेखि नै चिनजान भएकाे र चिनजानक

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 189 पटक पढिएको
  • महोत्तरीमा बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

    जलेश्वर / महोत्तरीमा महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय पुरनीदेवी महतो, प्रमिलादेवी महतो र उनका दुई छोरा सिकिन्दर र अनिल रहेका छन् । गत बुधबार बिहान जलेश्वर नगरपालिका –४ स्थित सुगा गाउँकी शम्भु महतोकी श्रीमती सुकमरिया देवी टोलमा घुमिरहेका बेला पुरनीदेवीको घर अगाडि पुग्दा उनकी छोरी १३ वर्षीया काजल रुन थालेपछि चारै जनाले उनलाई बोक्सी भन्दै मलमूत्र खुवाएका थिए । उनीहरूले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिँदै मानव मलमूत्र

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 172 पटक पढिएको
  • मलेसियामा एक नेपालीको मृत्यु

    बैतडी / वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलासैनी गाउँपालिका –५ स्थित बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ ।मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 160 पटक पढिएको
  • श्रीमान् श्रीमतीबीच कुटपिट : श्रीमानको मृत्यु

    तेह्रथुम  / तेह्रथुमको छथर गाउपालिका –३ स्थित ज्यामिरेमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा ५४ बर्षीय गोबिन्द बहादुर लिम्बुको मृत्यु भएको छ । हिजो बेलुका ९ बजे मादक पदार्थ सेवन गरी गोबिन्द र श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बुबीच कुटपिट भएको थियो । कुटपिटबाट दुवै जना गम्भिर घाइते भएका थिए । घाइते गोविन्दको उपचारको क्रममा राती पौने ९ बजे छथर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । श्रीमती भक्त कुमारीलाई  थप उपचारको लागी धरान घोपा पठाईएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 366 पटक पढिएको
  • इलामकाे माईखोलामा महिलाको शव फेला

    इलाम / इलामको माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। माई नगरपालिका –२ स्थित माईखोलामा अन्दाजी ६५ वर्षीया महिलाको शव खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । तामाङका अनुसार रातो पटुकी बाँधेको, कालो रातो लुंगी, रातो कालो बुट्टे मखमलको भेस्ट, कालो पोते, हातमा बाला लगाएको महिलाको शव फेला परेको हो । शवलाई जिल्ला अस्पतालमा राखिएको तामाङले बताए । प्रहरीले उक्त हुलिया भएकी महिला हराएको भए जिल्ला प्रहरी कार्यालय इलामको सम्पर्क नम्बर १०० वा ९८५२६८०७१० वा ९८५२६९००३० मा सम्पर्क ग

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 145 पटक पढिएको
  • धरानबाट तीन किलो यार्सागुम्बा सहित २ पक्राउ

    धरान / सुनसरीको इटहरी उपमहानगरपालिका –६ स्थित धरान लाइनबाट यार्सागुम्बा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका –४ का २७ वर्षीय समिर गुरुङ र सङ्खुवासभाको चैनपुर नगरपालिका –४ का ३२ वर्षीय श्याम कुमार लिम्बू रहेका छन् । यार्सागुम्बाको अवैध रुपमा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा  प्रादेशिक अनुसन्धान समूह (रीट) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङ र लिम्बूको साथबाट प्रहरीले ३ केजी यार्सागुम्बा बरामद गरेको छ । यार्सागुम्बा सहित पक्राउ परेका उनीह

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 586 पटक पढिएको
  • महान्नदचाेकमा एक मासु व्यवसायीको हत्या

    बिर्तामोड / झापाको महानन्दचोकमा आइतबार राती एक मासु व्यवसायीको हत्या गरिएको छ । अर्जुनधारा –६ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको धारिलो हतियार प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  पसलमा मासु बेचिरहेको बेला राति करिब ८ बजे मगरको  हत्या गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यले जानकारी दिए । डीएसपी आचार्यका अनुसार मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेका कारण उनको घटना स्थलमा नै मृत्यु भएको थियो । हत्या गर्ने मान्छेको पहिचान भने खुल्न नसकेको

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.