इलाम / इलामको माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। 

माई नगरपालिका –२ स्थित माईखोलामा अन्दाजी ६५ वर्षीया महिलाको शव खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

तामाङका अनुसार रातो पटुकी बाँधेको, कालो रातो लुंगी, रातो कालो बुट्टे मखमलको भेस्ट, कालो पोते, हातमा बाला लगाएको महिलाको शव फेला परेको हो । 

शवलाई जिल्ला अस्पतालमा राखिएको तामाङले बताए । प्रहरीले उक्त हुलिया भएकी महिला हराएको भए जिल्ला प्रहरी कार्यालय इलामको सम्पर्क नम्बर १०० वा ९८५२६८०७१० वा ९८५२६९००३० मा सम्पर्क गर्न अनुरोध गरेको छ।