तेह्रथुम  / तेह्रथुमको छथर गाउपालिका –३ स्थित ज्यामिरेमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा ५४ बर्षीय गोबिन्द बहादुर लिम्बुको मृत्यु भएको छ ।

हिजो बेलुका ९ बजे मादक पदार्थ सेवन गरी गोबिन्द र श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बुबीच कुटपिट भएको थियो । कुटपिटबाट दुवै जना गम्भिर घाइते भएका थिए । 

OM Sai Pathibhara Hospital

घाइते गोविन्दको उपचारको क्रममा राती पौने ९ बजे छथर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । श्रीमती भक्त कुमारीलाई  थप उपचारको लागी धरान घोपा पठाईएको प्रहरीले जनाएको छ ।