धरान / सुनसरीको धरानमा पहिरोले घर पुरिँदा दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका –१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् । 

OM Sai Pathibhara Hospital

आज (मंलबार) दिउसो पौने २ बजे माथिबाट झरेको पहिरोले घर पुरिँदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । 

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो ।

उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अवस्थामा फेला पारेको हो ।