इलाम / इलाममा आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फाकथोक थुङ गाउँपालिका –१ की ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर –३ का ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवाल रहेका छन् ।

सुर्यदय नगरपालिका –३ नेलबोटेका ४९ वर्षीय नारायाणदेवी मोते, ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ ।
देउमाई नगरपालिका –२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
पहिरोमा पुरिएर मान्सेवुङ गाउँपालिका –६ बस्ने २५ वर्षीया कविता राई र हरि प्रसाद राईको मृत्यु भएको छ । माई नगरपालिका –३ घर भएका तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।