बिर्तामोड / झापाको महानन्दचोकमा आइतबार राती एक मासु व्यवसायीको हत्या गरिएको छ । 

अर्जुनधारा –६ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको धारिलो हतियार प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

पसलमा मासु बेचिरहेको बेला राति करिब ८ बजे मगरको  हत्या गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यले जानकारी दिए । 

डीएसपी आचार्यका अनुसार मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेका कारण उनको घटना स्थलमा नै मृत्यु भएको थियो । हत्या गर्ने मान्छेको पहिचान भने खुल्न नसकेको डीएसपी आचार्यले बताए । 

प्रहरीले घट्ना स्थल नियन्त्रणमा लिएर घटनाकाे बारेमा अनुसन्धान शुरु गरेकाे छ ।