सिन्धुली / सिन्धुलीमा तीन किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको छ । 

कमलामाई नगरपालिका –५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरूको आफन्त पर्ने एक जना गरी तीन किशोरीमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका छन् ।

OM Sai Pathibhara Hospital

गत शनिबार राति ९ जना युवाहरूले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईले जानकारी दिए । 

भट्टराईका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना किशाेरीको पहिलेदेखि नै चिनजान भएकाे र चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए ।

आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना किशाेरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले ९ जनामध्ये ३ जनालाई पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।