बैतडी / वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलासैनी गाउँपालिका –५ स्थित बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । 

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।