समाचार

    Showing 7,891-7,900 of 19,574 items.
  • राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । नेपाल न्यूजबैंकसँगको कुराकानीमा प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए । उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 195 पटक पढिएको
  • रोकियो उडान, राजाबादिले गरे बिमानस्थल वरिपरि आगजनी

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ ।प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 230 पटक पढिएको
  • रोकिएन राजाबादिको आन्दोलन ट्याक्सी र स्कार्फियो जलाए

    काठमाडौं । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरूले अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । सोही क्रममा उनीहरुले नेकपा एमालेको कार्यालय नजिकै एउटा ट्याक्सी र बालकुमारीमा स्कार्फियो जलाएका छन् ।त्यसअघि प्रदर्शनकारीले कोटेश्वरको पेरिसडाँडा क्षेत्रमा एउटा गाडीमा आगजनी गरेका थिए भने मोटरसाइकल तोडफोड गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयभित्र पनि तोडफोड र आगजनी गरेको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 283 पटक पढिएको
  • राजावादीले कोटेश्वरको भाटभटेनीमा तोड्फोड गरे

    काठमाडौं—  राजावादी समूह प्रवेश गरेर कोटेश्वरको भाटभटेनी तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर  तोड्फोड गरेका हुन।“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 269 पटक पढिएको
  • तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र; रविन्द्र मिश्र

    काठमाण्डौ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न गरे, "व्यवस्था परिवर्तनका आन्दोलनहरू कुनै नेताको नियन्त्रणमा रहन्छन् र? अघिल्ला आन्दोलनहरूमा धनजनको क्षति भएको थिएन?" उनले अघि भने, "त्यही क्षति रोक्न पहिले नै नवीन समझदारीमा जान आग्रह गरेका थियौँ। अहिले जे भयो, त्यसले सत्बुद्धि पलाओस्। यो आन्दोलन रोकिने होइन, जारी रहनेछ।"

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 385 पटक पढिएको
  • काठमाडौंका केही क्षेत्रमा अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू लगाइयो

    काठमाडौं—  जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको एक सूचनामा उल्लेख छ । प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।राजावादीको प्रदर्शन अराजक बनेपछि प्रश

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 145 पटक पढिएको
  • काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्र राजावादीहरूको प्रदर्शन उग्र बनेको संधर्भ काबु कार्यक्रित होन गएपछि जिल्ला प्रशासनका कार्यालयो निषेधाज्ञा जारी गरेको छ।भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर जानगएकाले निषेधाज्ञा जारी गरियोको बताए।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 384 पटक पढिएको
  • घरघरबाट प्रतिआक्रमणको तयारीमा प्रदर्शनकारी

    काठमाडौं— तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ । राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।  प्रहरीले नै प्रहार गरेको अश्रुग्यास टिपेर प्रहरीलाई नै प्रदर्शनकारीले प्रहार गरेपछि दोहोरो झडप नै भएको थियो। झडपका क्रममा केही घाइते भएका छन् । यतिबेला अश्रुग्यासले तितरवितर भएका प्रदर्शनकारी तीनकुनेको सडक गल्ली तथा नजिकैका घरको कम्पाउण्डमा बसिरहेका छन् । त्यही घरमा रहेको पानी ट्यांकीको पानी प्रयोग गरेर अश्रुग्यासले पोलेको आँखा धुँदै प्रतिआक्रमण गर्ने योजना प्रदर्शनकारीले बुनिरहेका छन् । उनीहरूले बाइकबा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 335 पटक पढिएको
  • भारतमा तीर्थ गएका चार जना नेपालीको दुर्घटनामा मृत्यु

    काठमाडौं— भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ।सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय  युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीम

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 208 पटक पढिएको
  • सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुडा भएपछि अश्रुग्यास हान्यौँ— प्रहरी

    काठमाडौं— राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको बताएका छन्।राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। विरोध सभा सुरू हुन नपाउँदै कार्यक्रम विथोलिएको छ। प्रहरीले तीनकुनेको पुलदेखि बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई रोक लगाएको थियो।तर,राजावादी समर्थकहरू सो क्षेत्रमा जान खोजेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडपको स्थिति सिर्जना भएको हो।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 450 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा