काठमाडौं— जेनजी प्रदर्शनका दौरान एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी–८ घर भई भक्तपुर थिमीमा बस्दै आएका २९ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।
अनुसन्धानअनुसार तामाङले भदौ २४ गते प्रहरी वृत्त थिमीमा आगजनी भएको केहीबेरपछि सोही परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम क्षति पु¥याएका थिए।
हाल उनलाई प्रहरी वृत्त थिमीमै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।





































