सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।


मंसिर ०९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT)  र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिका-६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो ।


ओसारपसारमा संलग्न ब्याक्तिको खोजि कार्य भईरहेको छ ।