दार्चुला— दार्चुला मा प्रहरीले अवैध रूपमा भन्सार छली गरिएका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार साँझ महाकाली नगरपालिका–४ को बसपार्क क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले करिब ४३ हजार ३०० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा बिँडी, स्विटर, सुटपिस, चप्पल लगायतका सामग्री रहेका छन्।





































