समाचार

    Showing 24,921-24,930 of 26,051 items.
  • खोला तर्ने क्रममा एकको मृत्यु

    झापा / झापामा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगन्ज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दास रहेका छन् ।सुन्दासको आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय गौरीगन्जबाट  परिचालन गरिएको प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 77 पटक पढिएको
  • बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

    सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका ८ तीनकुने जङ्गल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरा देवी साह रहेकी छन्।बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरी तर्फ आँउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आँउदै गरेको को१ख ५४३० नम्बरको बसले पछाडिबाट ठक्कर दिई विपरित दिशाबाट जादै गरेको प्रदेश १.०२.०४०प ६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको थियो ।उक्त दुर्घटनाबाट मोटरसाइकल चालक २५ वर्षीय बिमल साह र मृतक समेत गरि २ जना घाईते भई धरानस्थित घोपामा उपचारको क्रममा दिउसो १

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 76 पटक पढिएको
  • प्रदेश १ मा गएको वर्षभन्दा बढी रोपाइँ

     विराटनगर / गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमिनमा रोपाइँ भएको प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमिनमा रोपाइँ भएको  छ । चौध जिल्ला रहेको यस प्रदेशमा कूल ३  लाख ४० हजार ८सय २९ हेक्टर जग्गामा धान लगाउने गरिएकामा तीमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको कृषि निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिएकी छन् ।यसवर्ष उच्च पहाडी क्षेत्र ताप्लेजुङमा आठ हजार ५सय ६२, सङ्खुवासभामा १३ हजार १सय ५८ र सोलुखुम्बुमा एक हजार ५सय २५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।यस्तै मध्यपहाडी क्षेत्र पाँचथरमा आठ हजार २सय ८२, इलाममा ११ हजार ८सय ५२, भोजपुरमा १६ हजार १सय १, तेह्रथ

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 60 पटक पढिएको
  • सशस्त्र प्रहरी बलका जवान मृत फेला

    धनगढी / कैलालीमा सशस्त्र प्रहरी बलका एक जवान मृत अवस्थामा फेला परेका छन् ।मृत फेला पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नम्बर १ घर भएका ३१ वर्षीय हरिकुमार शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत शाहीको कार्यालय परिसरभित्रको उत्तरपट्टि कम्पाउण्डनजिकै पानी जमेको ठाउँमा बुधबार बिहान पौने ६ बजे मृत फेला परेको थियो ।घटनाको खबर पाएसँगै जिल्लाबाट परिचालन भएको प्रहरी टोलीले मुचुल्काको काम पुरा गरी पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 94 पटक पढिएको
  • मोरङमा मृत अवस्थामा पुरुषको शव फेला

    विराटनगर / मोरङमा मृत अवस्थामा एक जना पुरूषको शव फेला परेको छ । मंगलबार दिउँसो कटहरी गाउँपालिका –४ एससीसी इँट्टा उद्योग अगाडि कटहरी –४ बस्ने ५५ वर्षीय रजन ऋषिदेवको मृत अवस्थामा शव भेटिएको हो ।शरीरमा चोट लागेको अवस्थामा मृत अवस्थामा फेला परेका उनलाई मंगलबार करिब १२ बजेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । विराटनगर –रंगेली हुलाकी सडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा भेटिएको उनको शरीरमा चोटपटक लागेको कारणले स्थानीयले दुर्घटनामा परी ऋषिदेवको मृत्यु भएको आशंका गरेका छन् । खबर प्राप्त भएसँगै घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोली पुगेर मुचुल्

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 76 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापा रहेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् ।फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासकालागि परिचालन भएको प्रहरी टोलीले ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका थापालाई पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई फैसला कार्यान्वयनकालागि आज काठमाडौँ जिल्ला अदालतमा हाजिर गराईएको प्रहरीले जनाएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि अभियुक्तले पीडितलाई

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 90 पटक पढिएको
  • उपत्यकामा सभा सम्मेलन गर्न नपाइने

    काठमाडौँ / उपत्यकामा केहिदिन यता कोरोना सङ्क्रमितको दर उच्च भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडयुक्त गतिविधि नगर्न आग्रह गरेको छ ।प्रशासनले आज एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर देखापरेको अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भीडभाडयुक्त गतिविधिले सङ्क्रमण दर अझै बढ्ने र भयावह अवस्था सिर्जना हुन सक्ने सम्भावना भएको भन्दै स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न आग्रह गरिएको छ ।जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 76 पटक पढिएको
  • ४१ राजनीतिक दलको दर्ता खारेज (सूची सहित)

    काठमाडौँ / निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका ४१ दललाई यही साउन २० गते (बुधबार) देखि लागू हुनेगरि दर्ता खारेज गरेको हो । आयोगले खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने जनाएको छ। 

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 109 पटक पढिएको
  • दार्चुला घटनाबारे छानविन गर्न एमालेको माग

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ ।साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताइएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा (एमाले) सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए । एमालेले घटनाबारे भारतसँग औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 77 पटक पढिएको
  • चट्याङ लागेर बालकको मृत्यु

    बैतडी / बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका –९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन्। सोमबार साँझ घर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका उनको शवको परीक्षण गर्न जिल्ला अस्पताल बैतडी लागिएको प्रहरीले जनाएको छ ।   

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.