बैतडी / बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन्।

OM Sai Pathibhara Hospital

सोमबार साँझ घर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु भएका उनको शवको परीक्षण गर्न जिल्ला अस्पताल बैतडी लागिएको प्रहरीले जनाएको छ ।