सुनसरी
/ सुनसरीको धरान उपमहानगरपालिका ८ तीनकुने जङ्गल स्थित कोशी राजमार्गमा भएको सवारी
दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरा देवी साह रहेकी छन्।
बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरी तर्फ आँउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आँउदै गरेको को१ख ५४३० नम्बरको बसले पछाडिबाट ठक्कर दिई विपरित दिशाबाट जादै गरेको प्रदेश १.०२.०४०प ६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनाबाट मोटरसाइकल चालक २५ वर्षीय बिमल साह र मृतक समेत गरि २ जना घाईते भई धरानस्थित घोपामा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको इलाका प्रहरी धरानले जानकारी दिएको छ ।
घाईते बिमलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारी साधन र बस चालक धरान १५ का ४२ वर्षीय प्रभु खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।