काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापा रहेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासकालागि परिचालन भएको प्रहरी टोलीले ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनकालागि आज काठमाडौँ जिल्ला अदालतमा हाजिर गराईएको प्रहरीले जनाएको छ ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि अभियुक्तले पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले उच्च अदालतले ३९ लाख ९६ हजार ४०० जरिवाना तोकी बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।