समाचार

    Showing 24,431-24,440 of 26,051 items.
  • सुनसरीमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुईको मृत्यु

    सुनसरी / ईटहरी उपमहानगरपालिका-१६ लायन्स चौक  स्थित पुर्व(पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । बुधवार राती सँवा ११ बजे ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको  को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहर

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 109 पटक पढिएको
  • बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

    धनकुटा / धनकुटा पाख्रिबास नगरपालिका ४ स्थित मध्यपहाडी  लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ वर्षीय धन बहादुर पाठक रहेका छन् । बुधवार दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउँदै गरेको गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाउपालिका ७ का ३५ वर्षीय दुर्गा बहादुर श्रेष्ठ इलाका प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 92 पटक पढिएको
  • श्रोत नखुलेको ११लाख भारतीय रुपैयाँ सहित अग्रवाल पक्राउ

    इलाम /  प्रहरी चौकी हर्कटे बाट खटिएको चेकिङ टोलीले  इलामको सूर्योदय नगरपालिका ६ स्थित हर्कटे बजारबाट भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरी सहायक निरीक्षक कमान्डमा खटिएको उक्त टोलीले फिक्कल बाट झापा जादै गरेको मे १ च ६४२४ कारबाट ११ लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।चेकजाँच गर्ने क्रममा कारमा सवार इलाम सूर्योदय नगरपालिका १० फिक्कल बस्ने वर्ष ३५ अनुप अग्रवालको साथबाट एघार लाख रुपैयाँ भारतीय रुपैयाँ बरामद गरेको हो । प्रहरी टोलीले श्रोत नखुलेको भारु रुपैयाँ सहित अनुप अग्रवाल, कार र कार चालक सूर्योदय नगरपालिका ८ बस्ने बर्ष ५१ को कर्ण कठायत समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इला

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 214 पटक पढिएको
  • कुमार पौडेल इन्काउन्टर प्रकरण : १० जनाविरुद्ध जाहेरी दर्ता

    सर्लाही / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो ।पौडेलको गैरन्यायिक हत्या गरिएको भन्दै १०  जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपान

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 119 पटक पढिएको
  • जापान सरकारद्वारा एक नेपाली सम्मानित

    बिर्तामोड / जापान सरकारले विपद्को समयमा गरेको कामको कदर गर्दै एक नेपालीलाई सम्मान गरेको छ । काभ्रे घर भइ हाल तोचिगी प्रान्तमा बस्दै आएका ३५ वर्षीय महेश लुइँटेललाई सम्मान गरेको हो । ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै जापानको विपद् व्यवस्थापन मन्त्रालय मातहतको निकायले उनलाई सम्मान गरेको बताइएको छ । जापान सरकारले हरेक वर्ष राष्ट्रव्यापी रूपमा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने व्यक्ति तथा समूहहरूलाई मन्त्रालयले सम्मान गर्दै आएको छ । यस वर्ष जापान सरकारले देशभरबाट लुइँटेलसहित १४ व्यक्ति र ४९ समूहलाई सम्मान गरेको

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 91 पटक पढिएको
  • सुर्खेतमा ल्यान्ड नभएपछि बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट

    सुर्खेत / काठमाडौँबाट सुर्खेतका लागि उडान भरको बुद्ध एयरको जहाज सुर्खेत ल्यान्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गराइएको छ । त्रिभुवन विमानस्थलबाट सुर्खेत आएको बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज कुहिरोका कारण अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरका सुर्खेत प्रमुख अनिल पन्तले जानकारी दिए।त्रिभुवन विमानस्थलबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेको उक्त जहाज सवा ९ बजे सुर्खेतको आकासमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको थियो । जहाजमा चालकदलका ४ जनासहित ४६ जना यात्रु थिए।

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 175 पटक पढिएको
  • प्रथम महिला प्रहरी चैतमायाले पाइन अवार्ड

    बिर्तामोड / प्रथम महिला प्रहरी चैतमाया डंगोलले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएकी छिन् ।  प्रहरी प्रधान कार्यालयले ६६ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका –७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 111 पटक पढिएको
  • आज प्रदेश २ को अख्तियार घेराउ गर्दै जनमत

    महोत्तरी / सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको छ।आज (बुधबार) मध्यान्ह १२ बजे अख्तियारको महोत्तरीस्थित बर्दिवास कार्यालयमा घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।  महासचिव सिंहका अनुसार प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि मन्त्रालयहरू, जनकपुर महानगर लगायतमा भ्रष्टाचार बढे पनि अख्तियारले चासो नदेखाएको भन्दै कार्यालय घेराउन गर्न लागेको हो । घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि का

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 116 पटक पढिएको
  • मोरङमा भ्यानभित्र भेटियो मानव खप्पर र हातखुट्टाको हड्डी

    विराटनगर  / मोरङको विराटनगर –१५ स्थित रानीबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर, १० वटा हातखुट्टाको हड्डी र भ्यान बरामद गरेको छ ।मंगलबार रानीस्थित ढाटनजिकै को २ च ९६४८ नम्बरको भ्यान सशस्त्र प्रहरीको टोलीले बेवारिस अवस्थामा देखेपछि शंका लागेर चेकजाँच गर्दा मानव खप्पर र हड्डी फेलापरेकाे बताइएको छ ।सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले जानकारी दिए । जीसीका अनुसार मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अहिलेसम्म केही खल्न सके

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 1,651 पटक पढिएको
  • सुन तस्करी प्रकरण : गोरेलाई आजीवन कारावास, ६९ जनालाई सफाइ

    बिर्तामोड / चर्चित साढे ३३ किलो सुन प्रकरणमा मुछिएका चुडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्यामा संलग्न ७७ जना प्रतिवादी मध्ये मंगलबार जिल्ला अदालत, मोरङले छ जनालाई  जन्म कैद सजाय तोकिएको छ भने दुई जनालाई तीन वर्ष र छ महिना कैदको सजाय सुनाएको छ ।गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीले जन्म कैद सजाय पाएका छन् भने,  राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ । २०७४ माघ ९ गते दुवैबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल हुँदै ल्याएको साढे ३

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.