सुर्खेत / काठमाडौँबाट सुर्खेतका लागि उडान भरको बुद्ध एयरको जहाज सुर्खेत ल्यान्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गराइएको छ । 

त्रिभुवन विमानस्थलबाट सुर्खेत आएको बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज कुहिरोका कारण अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरका सुर्खेत प्रमुख अनिल पन्तले जानकारी दिए।

OM Sai Pathibhara Hospital

त्रिभुवन विमानस्थलबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेको उक्त जहाज सवा ९ बजे सुर्खेतको आकासमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको थियो । 

जहाजमा चालकदलका ४ जनासहित ४६ जना यात्रु थिए।