सुनसरी / ईटहरी उपमहानगरपालिका-१६ लायन्स चौक स्थित पुर्व(पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । बुधवार राती सँवा ११ बजे ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।