बिर्तामोड / प्रथम महिला प्रहरी चैतमाया डंगोलले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएकी छिन् ।  

प्रहरी प्रधान कार्यालयले ६६ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् । 

OM Sai Pathibhara Hospital

काठमाडौं महानगरपालिका –७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।

२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।