महोत्तरी / सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको छ।

आज (बुधबार) मध्यान्ह १२ बजे अख्तियारको महोत्तरीस्थित बर्दिवास कार्यालयमा घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।  

OM Sai Pathibhara Hospital

महासचिव सिंहका अनुसार प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि मन्त्रालयहरू, जनकपुर महानगर लगायतमा भ्रष्टाचार बढे पनि अख्तियारले चासो नदेखाएको भन्दै कार्यालय घेराउन गर्न लागेको हो । 

घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोत्तरी जिल्लाका जिल्ला कमिटीका सदस्य, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने बताइएको छ ।

बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।