विराटनगर / मोरङको विराटनगर –१५ स्थित रानीबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर, १० वटा हातखुट्टाको हड्डी र भ्यान बरामद गरेको छ ।
मंगलबार रानीस्थित ढाटनजिकै को २ च ९६४८ नम्बरको भ्यान सशस्त्र प्रहरीको टोलीले बेवारिस अवस्थामा देखेपछि शंका लागेर चेकजाँच गर्दा मानव खप्पर र हड्डी फेलापरेकाे बताइएको छ ।
सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले जानकारी दिए ।
जीसीका अनुसार मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अहिलेसम्म केही खल्न सकेकाे छैन ।