बिर्तामोड / देशका विभिन्न भागमा आइतबार देखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै इलाममा ११ र डोटीमा नौ जना रहेका छन् । त्यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६–६, बैतडीमा ४, सुनसरीमा २, कालीकोट, डडेलधुरा, प्यूठान, र उदयपुरमा एक–एक जनाको मृत्यु भएको छ । पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३, डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका गृहप्रवक्ता फडिन्द्रम
विराटनगर / अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि उडान बन्द गरिएको छ । विमानस्थल जलमग्न भएका कारण सरसफाइ भइरहेकाले उडान बन्द गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि धावनमार्ग, पार्किङ क्षेत्र लगायत विमानस्थलका अधिकांश क्षेत्र डुबानमा परेका छन् । विराटनगर विमानस्थलकाे जलमग्न धावनमार्गलाई दिउँसोसम्म सफाइ गरेर मात्र उडानका लागि अनुमति दिने तयारी भइरहेकाे शेर्पाले बताए । बुद्ध र यती एयरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
बिर्तामोड / देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ३१ जनाको मृत्यु भएको भने ४३ जना बेपत्ता भएका छन् ।गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बेपत्ता हुनेको संख्या बढेकाले मृत्यु अझै बढ्ने जानकारी गराएकी छन् । उनले बुधबार बिहानसम्म मन्त्रालयमा प्राप्त विवरण अनुसार बेपत्ताको संख्या ४३ र घाइतेको संख्या २२ रहेको बताएकी छन् ।इलाममा ७ , पाँचथरमा ६ , डोटीमा ७ , धनकुटामा ६ , सुनसुरीमा २ , कालीकोटमा १ र डडेलधुरामा १ जना सहित हालसम्म ३१ जनाको मृत्यु भएको छ । उनले पहिरोमा परेर हुम्लामा ६ , बझाङमा २३, कैलालीमा ४ जना सहित विभिन्न जिल्लामा ४३ जना
कञ्चनपुर //मंगलबार परेको अविरल वर्षाको कारण महाकाली नदीमा शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी आएको छ। महाकालीमा नौ दशकयताकै ठूलो बाढी आएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।मंगलबार दिउँसो २ बजे पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको उनले जानकारी गराएका छन्। यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । दिउँसो पछि भने बाढी घट्न थालेको छ । ३ बजेको मापनअनुसार पानीको बहाव भने ५ लाख ३३ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।शारदा ब्यारेजको क्षमता ६ लाख ४४ हजार क्युसेक हो। नदीमा पानीको बहाव ब
बिर्तामोड / आमरण अनशनरत रुबी खानले अनशन तोड्ने भएकी छिन् ।सरकार र आमरण अनशनरत रुबी खानसहित धर्नामा बसेका महिलाहरूबीच सहमति भएसँगै खानले आफ्नो अनशन तोड्ने भएकी हुन् । सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएसँगै अनशन स्थगित गर्न सहमत भएको हो । अनशनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् ।गृहमन्त्रालयका अधिकारीहरूले भने दोषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।मानवअधिकारकर्मी मोहना अन्सारीले सहमतिबारे अहिले केहीब
बिर्तामोड(एजेन्सी) भारतको उत्तराखण्डमा पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना नेपाली पनि रहेका छन् । आइतबार देखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिरोमा परी दर्जनौँ मानिसहरू बेपत्ता भएका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन् । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कैलाली / अविरल बर्षासँगै आएको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका –१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। त्यस्तै अमरगढी नगरपालिका –१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले जानकारी दिए ।
काठमाडौं / काठमाडौंको चन्द्रागिरी नगरपालिका –२ स्थित पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा बाटोभरि ग्यास सिलिन्डरहरू छरिएका कारण राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । ट्राफिक प्रहरीको र्याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्याकर मगाएर ट्रकलाई हटाइएको छ ।आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए ।
बिर्तामोड / झापाको बिर्तामोडबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –९ स्थित ऋद्धिसिद्धि पलाई फ्याक्ट्री छेउ बस्ने ३४ वर्षीय जगदिश ओली रहेका छन् । सोमबार बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ओलीलाई पक्राउ गरेको हो । पक्राउ परेका ओलीको साथबाट प्रहरीले डिजिटल तराजु र ९ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
धरान / सुनसरीको इटहरी उपमहानगरपालिका –१६ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका –१ का २२ वर्षीय मुकेश सरदार रहेका छन् ।सोमबार राती पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाइकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार रहेका रामधुनीकै २२ वर्षीय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.