इलाममा ७ , पाँचथरमा ६ , डोटीमा ७ , धनकुटामा ६ , सुनसुरीमा २ , कालीकोटमा १ र डडेलधुरामा १ जना सहित हालसम्म ३१ जनाको मृत्यु भएको छ । उनले पहिरोमा परेर हुम्लामा ६ , बझाङमा २३, कैलालीमा ४ जना सहित विभिन्न जिल्लामा ४३ जना बेपत्ता भएको जानकारी गराएकी छन् ।
बाढी पहिरोमा परेका ७०० को उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ । बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।
प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्य देखि मौसम पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा अहिले पनि भइरहेको छ । बुधबार दिउँसो पनि प्रदेश १ , प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।