विराटनगर / अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि उडान बन्द गरिएको छ । 

विमानस्थल जलमग्न भएका कारण सरसफाइ भइरहेकाले उडान बन्द गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि धावनमार्ग, पार्किङ क्षेत्र लगायत विमानस्थलका अधिकांश क्षेत्र डुबानमा परेका छन् । 

विराटनगर विमानस्थलकाे जलमग्न धावनमार्गलाई दिउँसोसम्म सफाइ गरेर मात्र उडानका लागि अनुमति दिने तयारी भइरहेकाे शेर्पाले बताए । 

बुद्ध र यती एयरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।