धरान / सुनसरीको इटहरी उपमहानगरपालिका –१६ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका –१ का २२ वर्षीय मुकेश सरदार रहेका छन् ।

सोमबार राती पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । 

OM Sai Pathibhara Hospital

दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाइकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडि सवार रहेका  रामधुनीकै २२ वर्षीय नवीन सरदार र १८ वर्षीय अविशेक सरदार समेत घाईते भई उपचार भइरहेको छ । उक्त मोटरसाइकलमा ३ जना सवार रहेका थिए ।