कञ्चनपुर //मंगलबार परेको अविरल वर्षाको कारण महाकाली नदीमा  शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी आएको छ। 

महाकालीमा नौ दशकयताकै ठूलो बाढी आएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

मंगलबार दिउँसो २ बजे पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको उनले जानकारी गराएका छन्।

यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो ।

दिउँसो पछि भने बाढी घट्न थालेको छ । 

३ बजेको मापनअनुसार पानीको बहाव भने ५ लाख ३३ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

शारदा ब्यारेजको  क्षमता ६ लाख ४४ हजार क्युसेक हो। नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरु जलमग्न बनेका छन् 

। बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । 

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका दुवैतर्फका नदी किनारका बस्तीहरुमा बाढी पसेको छ ।

भीमदत्त नगरपालिका ११, १२ र १३ का आधा दर्जन बढी बस्तीहरु डुबेका छन् ।

यसैगरी दोधारा चाँदनी वडा नं. ८ सुन्दरनगर र वडा नं. १० कुतियाकभर डुबानमा परेका छन् ।