बिर्तामोड(एजेन्सी) भारतको उत्तराखण्डमा पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना नेपाली पनि रहेका छन् ।
आइतबार देखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिरोमा परी दर्जनौँ मानिसहरू बेपत्ता भएका छन् ।
बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन् । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।