बिर्तामोड / देशका विभिन्न भागमा आइतबार देखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै इलाममा ११ र डोटीमा नौ जना रहेका छन् ।
त्यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६–६, बैतडीमा ४, सुनसरीमा २, कालीकोट, डडेलधुरा, प्यूठान, र उदयपुरमा एक–एक जनाको मृत्यु भएको छ ।
पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३, डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य भइरहेकाे छ ।