काठमाडौं–गएराति खोटाङको ऐंसेलुखर्क गाउँपालिका–३ मा परेको चट्याङका कारण तीनजना गम्भीर घाइते भएका छन् । पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल‚ दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल‚ र ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी चट्याङको चपेटामा परेका हुन् । डेनिस र अनिसा आफ्नै घरमा र समीक्षा आफ्नो घरमा बसिरहेको समयमा चट्याङले उनीहरूलाई गम्भीर घाइते बनाएको हो । बेहोस भएका तीनैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक हरि बरालका अनुसार तीनैजनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उनीहरू खतरामुक्त छन् । चट्याङले विद्युतीय सा
काठमाडौं–शनिबार (आज) बिहान मनाङ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३:४७ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको झट्का लमजुङ‚ गोरखा‚ र तनहुँसम्मका स्थानीयले गरेका छन् । यसअघि‚ भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भ
पाँचथर- पाँचथरमा दुई बालबालिकाको ज्यानजाने गरी भएको बिस्फोटको घटनाप्रति राष्टिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।पाँचथरको फालेलुङ्ग गाउँपालिका- ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोट हुँदा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो । विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । घटनाको कोशी प्रदेश कार्यालय मार्फत अनुगमन गरिरहेको उल्
काठमाडौं–काठमाडौंमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साहीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत
काठमाडौं–अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ९०६४ नम्बरको यात्रुवाहक बसले सडक पार गरिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर‚ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । घटनामा संलग्न बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ । मृत महिला सडकमा मागी हिँड्ने गरेको प्रहरील
काठमाडौं–संसदीय सुनुवाइ समितिले आज विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।समितिमा नौवटा उजुरी प्राप्त भएका छन् । सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार‚ भदौ १६ देखि २५ गतेसम्म प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । साउन ३० मा १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरिएको थियो ।साउन १४ मा सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । समितिका सदस्यहरूले राजदूत सिफारिस संविधानको समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।
काठमाडौं–सरकारले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।नयाँ नियुक्त मुख्यसचिव अर्याललाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा डेलिभरी दिन‚ विकास आयोजनालाई अगाडि बढाउन र सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले नीतिगत नेतृत्व मात्र गर्ने भन्दै कार्यान्वयनको जिम्मेवारी कर्मचारी प्रशासनको काँधमा रहेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन र नागरिकका गुनासा तत्काल सम
काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा हिजो साँझ भएको बम विस्फोटमा ज्यान गुमाउनेहरूको संख्या दुई पुगेको छ । घटनामा घाइते भएका ११ वर्षीय दिप्सन साँवा र २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको हो । विस्फोटमा ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन घाइते भएका छन्‚ र उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार‚ घरेलु ग्रिनेड विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा अर्को शंकास्पद वस्तु भेटिएको छ‚ जसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ । विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी द
काठमाण्डौ । कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ। त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले त्यस आस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.