काठमाण्डौ  ।  कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

त्यस्तै बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ। त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले त्यस आसपास भइ बहने स–साना नदीहरूमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।