काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा हिजो साँझ भएको बम विस्फोटमा ज्यान गुमाउनेहरूको संख्या दुई पुगेको छ । घटनामा घाइते भएका ११ वर्षीय दिप्सन साँवा र २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको हो ।

विस्फोटमा ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन घाइते भएका छन्‚ र उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार‚ घरेलु ग्रिनेड विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

घटनास्थलमा अर्को शंकास्पद वस्तु भेटिएको छ‚ जसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ । विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएकेा छ ।