काठमाडौं–संसदीय सुनुवाइ समितिले आज विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

समितिमा नौवटा उजुरी प्राप्त भएका छन् । सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार‚ भदौ १६ देखि २५ गतेसम्म प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । साउन ३० मा १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरिएको थियो ।

OM Sai Pathibhara Hospital

साउन १४ मा सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । समितिका सदस्यहरूले राजदूत सिफारिस संविधानको समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।