काठमाडौं। राष्ट्रिय सभाको सोमबार बसेको बैठक विभिन्न वार्षिक तथा अध्ययन प्रतिवेदन पेस गर्दै आगामी साउन २१ गते सम्मका लागि स्थगित गरिएको छ। अब अर्को बैठक बिहीबार दिउँसो १स्१५ बजे बस्नेछ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मधेसी आयोगका आर्थिक वर्ष २०८०र८१ र २०८१र८२ का वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन्।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन–२०८३’ राष्ट्रिय सभामा पेस गरेका छन्।
बैठकमा अन्य कुनै विधेयकमाथि छलफल नभई प्रतिवेदन पेस गर्ने कार्यसूची सम्पन्न भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन २१ गतेसम्मका लागि स्थगित गरेका हुन्।



































