काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकारका निर्णय र संसद्मा पार्टीको आगामी भूमिकाबारे व्यापक छलफल हुने भएको छ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलसहित संसदीय दलका पदाधिकारी तथा सांसदहरूको सहभागिता रहेको छ।

बैठकमा सरकारका पछिल्ला निर्णय, संसद्को कार्यसूची, समसामयिक राष्ट्रिय राजनीतिक अवस्था तथा कांग्रेसको संसदीय रणनीतिबारे धारणा तय गर्ने एजेन्डा रहेको बताइएको छ।

संसद्को चालु अधिवेशनका महत्वपूर्ण विषयमा पार्टीको साझा धारणा बनाउने उद्देश्यले बोलाइएको बैठकबाट आगामी संसदीय गतिविधिसम्बन्धी थप रणनीति तय हुने अपेक्षा गरिएको छ।