काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुर मा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानले वि.सं. २०६८ सालमा भएको राहदानीसम्बन्धी कसुर मा उनको संलग्नता देखिएको जनाएको छ। यस घटनासम्बन्धी मुद्दा २०८२ चैत मा दर्ता भएको थियो।

सीआईबीले पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।