काठमाडौं–अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ९०६४ नम्बरको यात्रुवाहक बसले सडक पार गरिरहेकी एक महिलालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर‚ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । 

OM Sai Pathibhara Hospital

घटनामा संलग्न बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ । मृत महिला सडकमा मागी हिँड्ने गरेको प्रहरीले बताएको छ ।