समाचार

    Showing 16,551-16,560 of 25,875 items.
  • २१औँ निजामती सेवा दिवसमा १० कर्मचारीलाई उत्कृष्ट सेवा पुरस्कार

    काठमाडौं–सरकारले २१औँ निजामती सेवा दिवस‚ २०८१ को अवसरमा उत्कृष्ट योगदान दिने १० निजामती कर्मचारीलाई सम्मान गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार‚ निजामती सेवा नियमावली २०५० को आधारमा छनोट गरिएका ती कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिनेछ। यो पुरस्कार आगामी वर्ष २२ औं निजामती सेवा दिवस‚ २०८२ मा प्रदान गरिनेछ।सरकारले प्रत्येक वर्ष कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ। यसपटकको पुरस्कार प्राप्त गर्नेमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलका सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल‚ कर्णाली प्रदेशको मुख्यमन्त्री तथा

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 286 पटक पढिएको
  • निजामती कर्मचारी हाम्रो स्थायी सरकार हुन् : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले निजामती कर्मचारीहरूलाई देशको स्थायी सरकार भन्दै सरकारको महत्वपूर्ण शारीरिक अङ्गका रूपमा प्रशंसा गरेका छन् ।प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘निजामती कर्मचारी हाम्रो स्थायी सरकार हुन् । सरकारले दिएको सेवा नागरिकसम्म पुर्याउन निजामती सेवा चुस्त र सक्षम हुनु जरुरी छ । जसरी शरीर स्वस्थ हुनका लागि सबै अङ्गले राम्रोसँग काम गर्नुपर्छ, त्यसैगरी नागरिकले सेवा पाउन निजामती कर्मचारीको भूमिकामा सफलता आवश्यक छ ।’उनले देशभरका राष्ट्र सेवक कर्मचारीहरूलाई एउटै ताल र लयमा नागरिक सेवामा समर्

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 281 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक\दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्ब

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 295 पटक पढिएको
  • बैतडीको सिगासमा करेन्ट लागेर किशोरको मृत्यु

    काठमाडौं- बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । सिगास गाउँपालिका- ९, बाजपानीमा आज बिहान स्थानीय दीपक बोहराका १३ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।काठाको भिर भन्ने ठाउँमा बाख्रा चराउने क्रममा विद्युत्को मेन लाइनको तार छोएको रूखमा चढ्दा करेन्ट लागेर रूखबाट खसेका उनको घटनास्थालमै मृत्यु भएको हो । यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका ९ निग्लिहवा बस्ने बेदप्रकाश कुर्मीको छोरा १० वर्षीय आर्यन कुर्मीको घरनजिकै रहेको वाणगंगा सिँचाइ नहरमा डुबेर मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा आज बिहान मृत्यु भएक

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 355 पटक पढिएको
  • सबै इन्टरनेट प्रदायकलाई दूरसञ्चारको निर्देशन : टिकटक चल्न दिनू

    काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सन्जाल टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन दिएको छ ।सरकारले टिकटकमा लगाइएको प्रतिबन्ध शर्तसहित हटाउने निणर्य गरेको थियो । सोही निणर्यलाई आधार मानेर प्राधिकरणले आज सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन जारी गरेको हो । ‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निणर्य भएको हुँदा अर्को निणर्य नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रद

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 663 पटक पढिएको
  • उर्जामन्त्रीको दाबीः नयाँ सरकार बनेपछि मुलुकमा विश्वसनीय वातावरण सिर्जना भएको छ

    काठमाडौं- उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् । शुक्रवारबाट काठमाडौंमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताए । अहिलेको सरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको मन्त्री खड्काले बताए । उनले वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले मुल

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 317 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री दाहालको तीजको शुभकामना : मौलिकता र समानता प्रवर्द्धनमा जोड

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरितालिका तीजको अवसरमा सम्पूर्ण आमा‚ दिदीबहिनीहरूमा सुख‚ शान्ति‚ समृद्धि र आपसी एकताको शुभकामना व्यक्त गरेका छन् । उनले तीजको मौलिक पक्षको संरक्षण गर्दै यसलाई लैंगिक समानता र सामाजिक सशक्तिकरणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त नेपालको संविधानद्वारा महिलाका अधिकारलाई कार्यान्वयन गर्दै उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु मुख्य कार्यभार रहेको उल्लेख पनि गरेका छन् । दाहालले सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै लेखेका छन्, नेपाली महिलाहरुको सांस्कृतिक

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 432 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना : बाल्यकाल सम्झिए

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको अवसरमा देशभरका नेपाली दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले बाल्यकालमा आमाहरू‚ दिदीबहिनीहरू जम्मा भएर रमाएको तीजको स्मरण गर्दै भनेका छन्‚ ‘आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खुब मन पर्थ्यो। यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं । दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !!’ उहाँले तीज पर्वपछि दशैँको प्रतीक्षामा रहने दिनहरू

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 465 पटक पढिएको
  • बागलुङमा बाढीले २ जनाको मृत्यु‚ १ जना बेपत्ता

    काठमाडौं–बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।मृतकको पहिचान २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको रूपमा भएको छ। ती शव करिब दुई सय मिटर तल फेला परेका छन्। सोही ठाउँका २० वर्षीय कमल सापकोटा बाढीमा बेपत्ता भएका छन्। प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार‚ सापकोटा र रेग्मीको शव धौलागिरि अस्पताल बागलुङमा परीक्षणका लागि लगिएको छ । बेपत्ता कमलको खोजी जारी छ‚ तर हालको वर्षा कारण खोजीमा कठिनाइ भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 362 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका, भ्रमणतालिका के छ ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने भ्रमणलाई स्वीकृत गरेको हो । महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुनेछ । उक्त महासभामा सहभागी हुन प्रधानमन्त्रीले ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने कार्यक्रम छ, जुन २२–२३ सेप्टेम्बर मा हुनेछ । तेस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, नीजि स

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 587 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.