काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको अवसरमा देशभरका नेपाली दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले बाल्यकालमा आमाहरू‚ दिदीबहिनीहरू जम्मा भएर रमाएको तीजको स्मरण गर्दै भनेका छन्‚ ‘आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खुब मन पर्थ्यो। यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं । दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !!’

OM Sai Pathibhara Hospital

उहाँले तीज पर्वपछि दशैँको प्रतीक्षामा रहने दिनहरू सम्झनुभएको छ । प्रधानमन्त्रीले दिदीबहिनीहरूको तीज रमाइलो र स्वास्थ्य राम्रो रहोस् भन्ने कामना गर्दै‚ तीजको शुभकामना व्यक्त गरेका हुन् ।