काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरितालिका तीजको अवसरमा सम्पूर्ण आमा‚ दिदीबहिनीहरूमा सुख‚ शान्ति‚ समृद्धि र आपसी एकताको शुभकामना व्यक्त गरेका छन् । उनले तीजको मौलिक पक्षको संरक्षण गर्दै यसलाई लैंगिक समानता र सामाजिक सशक्तिकरणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।

दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त नेपालको संविधानद्वारा महिलाका अधिकारलाई कार्यान्वयन गर्दै उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु मुख्य कार्यभार रहेको उल्लेख पनि गरेका छन् । दाहालले सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै लेखेका छन्, 

OM Sai Pathibhara Hospital

नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। 

नेपाली महिलाहरुले परापूर्वककालदेखि धार्मिक सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै यसलाई लैंगिक समानता र सामाजिक सशक्तिकरणको अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु।

सामन्तवादविरुद्ध भएको तमाम् आन्दोलन र विशेषतः जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनको बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयन गर्दै महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको हाम्रो कार्यभार हो। यसका लागि समेत प्रेरणा प्राप्त हुने विश्वास लिएको छु।