काठमाडौं- बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । 

सिगास गाउँपालिका- ९, बाजपानीमा आज बिहान स्थानीय दीपक बोहराका १३ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

काठाको भिर भन्ने ठाउँमा बाख्रा चराउने क्रममा विद्युत्को मेन लाइनको तार छोएको रूखमा चढ्दा करेन्ट लागेर रूखबाट खसेका उनको घटनास्थालमै मृत्यु भएको हो । 

यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका ९ निग्लिहवा बस्ने बेदप्रकाश कुर्मीको छोरा १० वर्षीय आर्यन कुर्मीको घरनजिकै रहेको वाणगंगा सिँचाइ नहरमा डुबेर मृत्यु भएको छ । 

डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।